वाघमाराले छान्दैछ हात्ती सुन्दरी

चितवनमा १६औं हात्ती महोत्सव सुरु भएको छ । पर्यटकीय क्षेत्र सौराहामा सुरु भएको हात्ती महोत्सवका कारण सौराहा क्षेत्र हात्तीमय बनेको छ ।

‘हात्ती मेरो साथी’ भन्ने नाराका साथ आयोजना गरिएको हात्ती महोत्सवमा लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।

आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सव १८ गतेसम्म बाघमारा सामुदायीक वनको चौरमा सञ्चालन हुनेछ ।

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा भएको हात्ती महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फूटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका हुनेछन् ।

 

महोत्सवको अवधीमा टाँगादौड, गाडादौड र डुँगादौड पनि हुने छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिए ।


प्रदेश ३ सरकारले भ्रमण बर्षको सुभारम्भ सोराहाबाट गर्दैछ । भ्रमण वर्षलाई लक्षित गर्दै यसपालिको महोत्सवको समयावधि थप गरिएको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै